arrow

मानव तस्करी र लागुपदार्थ दुर्व्यसन विश्वव्यापी संगठित अपराध 

logo
मनोज लामिछाने, 
प्रकाशित २०८३ असार २० शनिबार
manoj-lamichhane-83-3-20.jpeg

आज विश्वमा मानव तस्करी तथा लागुपदार्थ दुर्व्यसनी ठूलो चुनौतीको रूपमा देखिएको छ । विश्वमा हुने अवैध आर्थिक कारोबारहरूमध्ये लागुपदार्थको व्यापार अग्रणी रुपमा रहेको देखिन्छ l 

राष्ट्र संघको तथ्यांक अनुसार वार्षिक रुपमा कम्तीमा ३२० अर्ब अमेरिकी डलर मूल्य बराबरको लागुपदार्थको अवैध कारोबारको हुने गरेको अनुमान गरिएको छ । 

हालका अध्ययनहरूले आगामी दिनमा यसको कारोबारमा वृद्धि भएर ७५० अर्बदेखि १ ट्रिलियन अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । 

त्यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांक हेर्ने हो भने अपराधी समूहहरूले मानव तस्करी र जबरजस्ती श्रमबाट प्रत्येक वर्ष करिब २३६ अर्ब अमेरिकी डलर बराबरको अवैध नाफा आर्जन गर्ने गरेको देखिन्छ ।

प्रतिवेदनअनुसार नक्कली वस्तुको व्यापारबाट २५० देखि ५०० अर्ब अमेरिकी डलर, वातावरणीय अपराधबाट ९१ देखि २५९ अर्ब अमेरिकी डलर, तथा अवैध साना हतियारको कारोबारबाट १.७ देखि ३.५ अर्ब अमेरिकी डलर बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । 

यी तथ्यांकअनुसार यो अवैध कारोबारले संगठित रूपमा नै जरा गाडेर बसेको छ भने विश्वको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पारिरहेको छ । 

नेपालको अवस्था हेर्ने हो भने नेपालमा पनि लागुपदार्थ दुर्व्यसन कहालीलाग्दो रूपमा अगाडी बढिरहेकोछ l नेपाल सरकारको राष्ट्रिय लागुपदार्थ प्रयोगकर्ता सर्वेक्षण (२०७६) को प्रतिवेदन अनुसार नेपालमा १,३०,४२४ जना लागुपदार्थ प्रयोगकर्ता रहेको दखिन्छ । 

गृहमन्त्रालयको तथ्यांकअनुसार ९३.३ प्रतिशत पुरुष र ६.७ प्रतिशत महिलाहरू लागुपदार्थ सेवन गरिरहेको देखिन्छ । जसमा करिब ६९.५ प्रतिशत २० देखि २९ वर्ष उमेर समूहका युवा रहेका छन् । त्यस्तै नेपालमा मानव तस्करी पनि बहुआयामिक समस्याका रूपमा विकसित हुँदै गएको छ । 

राष्ट्रिय मानव अधिकार आयोगको सन् २०२४ को तथ्यांकअनुसार करिब १७ लाख नेपाली मानव तस्करीको जोखिममा रहेका छन् । विगतमा महिला तथा बालबालिका मात्र श्रम शोषणका लागि पीडित हुने गरेको देखिएता पनि हालका दिनमा वैदेशिक रोजगारीको नाममा पुरुषहरू पनि श्रम शोषणका लागि तस्करी हुने गरेको देखिन्छ । 

यसको मुख्य कारण सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत रोजगारीको प्रलोभन देखाएर हुने तस्करी नै हो ।

विश्वमा आज सबैभन्दा बढी नाफा हुने संगठित अपराधको रुपमा लागुपदार्थ दुर्व्यसन र मानव तस्करीको  जालो फैलिदै जानु विश्वको लागि ठूलो चुनौती हो । 

यो अपराधले केवल कानुन र सुरक्षामा मात्र चुनौती दिएको छैन l यसले मानवीय स्वास्थ्य, मानवअधिकार, विश्वको अर्थतन्त्र र दिगो विकासमा समेत गम्भीर असर पारिरहेको छ । 

नेपालमा पनि संगठित अपराधको रुपमा फैलिदै गएको लागुपदार्थ दुर्व्यसन र मानव तस्करीको चुनौतीबाट अछुतो छैन । बेरोजगारी, असुरक्षित वैदेशिक रोजगारी, खुला सीमा, गरिबी, सामाजिक असमानता, प्रभाव, मानसिक तनाव तथा पारिवारिक अस्थिरता, फितलो कानून कार्यान्वयन तथा कमजोर संस्थागत क्षमता जस्ता कारणले नेपाल मानव तस्करी र लागुपदार्थ दुर्व्यसनको उच्च जोखिममा छ । 

मानव तस्करी र लागुपदार्थ दुर्व्यसन, नेपालमा मात्र नभई विश्वमा नै संगठित अपराधको । रूपमा जरो गाडेर बसेको विषय हो l 

यसको दिगो समाधानका लागि, एकातिर कडा कानुनको निर्माण अपरिहार्य छ भने अर्कोतिर सामाजिक न्याय, आर्थिक अवसर, शिक्षा, मानसिक स्वास्थ्य, पुनर्स्थापना तथा अन्तर्राष्ट्रिय सहकार्यलाई समान प्राथमिकता दिन आवश्यक देखिन्छ । 

तथ्यमा आधारित नीति, अनुसन्धान र प्रभावकारी कार्यान्वयनले मात्र यो चुनौतीको दीर्घकालीन समाधान हुन सक्छ। नेपालले कानूनी तथा संस्थागत सुधारका लागि प्रयास गरेको देखिन्छ तर सुरक्षित वैदेशिक रोजगारी, सीमा व्यवस्थापन, साइबर निगरानी, युवालाई रोजगारी, मानसिक स्वास्थ्य सेवा तथा पुनर्स्थापना कार्यक्रमलाई अझ सुदृढ बनाउन आवश्यक छ । 

यसको निराकरणका लागि सरकार, नागरिक समाज, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय साझेदार बीचको समन्वय तथा सहकार्यमा जोड दिनु आवश्यक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ