काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहीबार बिहानसम्मका लागि स्थगित भएको छ। बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणवश सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको हो।
सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनाअनुसार, विशेष कारणले स्थगित भएको आजको बैठक भोलि असार २५ गते बिहीबार बिहान ११:०० बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गरेका छन्।