कांग्रेसले क्रियाशील सदस्यता अभियान व्यवस्थित बनाउन सबै जिल्लामा खटायो प्रतिनिधि [विवरणसहित]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
302
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अभियान व्यवस्थित बनाउन सबै जिल्लामा प्रतिनिधिहरू खटाएको छ ।
कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियान अन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लाका लागि देहाय बमोजिम केन्द्रीय प्रतिनिधि तोकिएको जनाएको हो ।
नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ तोकिएका केन्द्रीय प्रतिनिधिहरूले २०८३ साल असार ७ गतेदेखि असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्ने विश्वाससमेत लिएको जनाएको छ ।