arrow

रहेनन् कांग्रेसका सादगी नेता खरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
nepali-congress-flag.jpg

काठमाडौँ । नेपाली कांग्रेसका पुराना एवं सादगी नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। 

पछिल्ला केही वर्षदेखि 'दम' रोगबाट पीडित खरेलको काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो।

उनका छोरा एवं काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले बुबाको निधन भएको पुष्टि गरेका छन्।

पिता सुब्बा देवीप्रसाद र माता मुकुन्दकुमारी खरेलको माइलो सन्तानका रूपमा वि.सं. २००३ मा काभ्रेको खरेलथोकमा जन्मनुभएका खरेलको राजनीतिक जीवन निकै निष्कलङ्क र उदाहरणीय रहेको थियो। 

वि.सं. २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनको संसदीय यात्रा सुरु भएको थियो।

उनले आफ्नो संसदीय कार्यकालमा तत्कालीन शिक्षा राज्यमन्त्री र पछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । 

राजनीतिक वृत्तमा निष्ठावान् र सरल नेताका रूपमा परिचित खरेलको निधनले नेपाली कांग्रेस र काभ्रेली जनतालाई ठुलो अपूरणीय क्षति पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ