arrow

मन्त्रीको जवाफप्रति श्रम संस्कृतिको विरोध, सभामुखले गराए हर्कलाई सचेत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
harkaraj-25.jpg

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई संसद्को नीति तथा नियममा रहेर व्यवहार गर्न सचेत गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सो दलका सांसदहरूले लगातार विरोध जनाएपछि सभामुखले उनीहरूलाई सचेत गराएका हुन्।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ र स्पष्टीकरणका सन्दर्भमा प्रतिनिधि सभामा छलफल जारी रहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले आफूहरूले राखेको जिज्ञासाको जवाफ मन्त्रीले नदिएको भन्दै आसनबाट उठेर विरोध जनाएका थिए।

सो पार्टीका सांसद हर्कराज राईले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आफूले राखेको जिज्ञासाको जवाफ नदिएको दाबी गर्दै मन्त्रीको जवाफपछि पुनः स्पष्टीकरण सोध्न खोजेका थिए। तर, सभामुख अर्यालले संसद्को नियमअनुसार 'स्पष्टीकरणमाथि स्पष्टीकरण' सोध्न नमिल्ने प्रष्ट पारे।

संसद्मा बोल्दै सभामुख अर्यालले भने, “श्रम संस्कृति पार्टीका सांसदलाई सभामुखको आदेशको पालना गर्नुपर्ने सबै सांसदहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सांसदलाई सचेत गराउँछु।”

सभामुखले पटक–पटक आसन ग्रहण गर्न आग्रह गरे पनि सो दलका सांसदहरू रोस्टम अगाडिको वेलमा पुगेर विरोधमा उत्रिएका थिए। सभामुख अर्यालले संसद्को कार्यबाही विधि, नियम र नियमावली अनुसार नै अगाडि बढेको स्पष्ट पार्दै आसनमा बसेर संसद् सञ्चालनमा सहयोग गर्न आग्रह गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ