arrow

राजनीतिक अस्थिरताको चक्र अन्त्य भएसँगै आर्थिक सूचकहरू सकारात्मक दिशामा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
swarnim-budget-1.jpg

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले देशमा राजनीतिक अस्थिरताको चक्र अन्त्य भएसँगै समष्टिगत आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको दाबी गरेका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले मुलुकको अर्थतन्त्र क्रमशः सुधारउन्मुख अवस्थामा पुगेको बताएका हुन्।

बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेका अनुसार वर्तमान समयमा वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र विदेशी विनिमय सञ्चिति समेत सुदृढ अवस्थामा पुगेको छ। यसका साथै स्वच्छ ऊर्जा र प्रविधि क्षेत्रमा नेपालसँग अब ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले मुलुक अहिले वृहत्तर आर्थिक सुधारको एक निर्णायक मोडमा आइपुगेको दाबी गरे।

संसद्को संयुक्त बैठकमा आफ्नो धारणा राख्दै अर्थमन्त्री वाग्लेले भने: “मुलुक अहिले बृहत्तर आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुस्चक्र समाप्त भएको छ । अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारउन्मुख छन् । सुदृद्ध आर्थिक विनिमय सत्तिचतिसहित वित्तिय प्रणालीमा पर्याप्त तरलता छ । स्वच्छ उर्जा उत्पादन र प्रविधिमा विशाल सम्भावना छन्।”

सम्बोधनका क्रममा उनले वर्तमान सरकार मुख्य रूपमा देशको आर्थिक सुधार, लगानी प्रवद्र्धन र उत्पादनमुखी क्षेत्रको विस्तारमा पूर्ण रूपमा केन्द्रित रहेको स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ