arrow

एसियाली खेलकुदका लागि ओलम्पिक कमिटी पेलियटसँग गर्‍यो प्रायोजन सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १२ मंगलबार
noc-pelliot-26-5-26.jpg

काठमाडौँ । एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीले चिनियाँ स्पोर्टिङ किट ब्रान्ड पेलियटसँग प्रायोजन सम्झौता गरेको छ ।

सातदोबाटोस्थित एनओसी भवनमा मंगलबार भएको विशेष कार्यक्रममा पेलियटका उपाध्यक्ष चाओ ली र एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। 

सो सम्झौताअनुसार पेलियटले २०औं एसियाली खेलकुद र दुई वर्षपछि हुने लस एन्जलस ओलम्पिक २०२८ मा भाग लिने नेपाली खेलाडीहरुलाई खेल सामाग्री उपलब्ध गराउनेछ । 

यसैगरी ओलम्पिक कमिटीले पनि आफ्नो  प्रचारप्रसारको माध्यममा पेलियटलाई पनि स्थान दिनेछ । गत महिना चीनको सान्यामा सम्पन्न एसियन बिच गेम्समा पनि पेलियटले नेपाली खेलाडीलाई खेल समाग्री उपलब्ध गराएको थियो ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियन गेम्सदेखि एलए ओलम्पिकसम्म नेपाली खेलाडीले पेलियट ब्रान्डकै पोशाक लगाउने जानकारी दिए । उनले भने, पेलियटको गुणस्तर पनि राम्रो भएकोले यस बान्डलाई पार्टनरको रुपमा स्वीकारेका हौँ । पेलियटको पोशाकले नेपाली खेलाडीको आकर्षण पनि बढाउनेछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ