arrow

आईओसीले पठायो खेलकुद मन्त्री चौधरीलाई पत्र [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
tejulal-tankalal-jeevanram.jpg
तस्बिर – तेजुलाल चौधरी (बायाँ), टंकलाल घिसिङ (बीचमा) र जीवनराम श्रेष्ठ ।

काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई पत्र पठाएको छ । 

बिहीबार ओलम्पिकले पठाएको पत्रमा नेपाल ओलम्पिकको विवाद समाधान उन्मुख रहेको भन्दै त्यसलाई आत्मसात् गर्न आग्रह गरिएको छ । 

पत्रमा पाँच खेलकुद संघले ओलम्पिकको पूर्णकालीन सदस्यता पाउन अदालतमा दिएको निवेदनअनुसार गत १० मार्चमा कुवेतमा बसेको पाँच संघका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र तत्कालीन महासचिव निलेन्द्रराज श्रेष्ठ सम्मिलित नेपाली टिम तथा एसियाली ओलम्पिक परिषद्का पदाधिकारीबीचको सहमतिबाट समाधान निस्केको उल्लेख छ । 

सो सहमतिअनुसार एनओसीले गत मार्च १९ मा बसेको एनओसीको विशेष साधारण सभाले पाँच संघलाई सदस्यता प्रदान गरिसकेको छ । सहमति अनुसार संघहरुले अदालतको मुद्दा फिर्ता लिनुपर्ने पत्रमा उल्लेख छ । 

आईओसीले समस्याको समाधान भइसकेको भन्दै अब यसलाई नलम्ब्याइ निरन्तर एनओसीलाई स्वतन्त्र छाडिदिनसमेत मन्त्री चौधरीलाई पत्र लेखी आग्रह गरेको छ । 

आईओसीले ओलम्पिक बडापत्र अनुसार एनओसी स्वतन्त्र निकाय भएकाले यसलाई कोही कसैबाट दबाबमा पार्न नहुनेसमेत मन्त्री चौधरीलाईं सम्झाएको छ । 

एनओसीको विवाद एनओसी सन् १९६३ मा गठन भएदेखि नै छ । यसलाई आफू मातहत राख्न सरकारले प्रयत्न गर्दै आएको छ । हरेक पटक हस्तक्षेप पनि हुँदै आएको छ । 

अहिले पनि मन्त्री र राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव टंकलाल घिसिङ लागिरहेका छन् । 

यद्यपि तिनै मन्त्री र सदस्यसचिव फ्रान्समा भएको ओलम्पिकमा भने सक्रिय सहभागी भएर फर्केका थिए । 

फर्के लगत्तै उनीहरुले आफू सुहाउँदो दबाब एनओसीलाई दिँदै आएका छन् । एनओसीका पदाधिकारी पनि आफू सुहाउँदो तरिकाले चल्न खोज्दा खेलकुद र खेलाडी भने मारमा पर्दै आएका छन् । 

साथै सरकारी हस्तक्षेपका कारण एनओसी आईओसी र ओसीएमा बदनाम हुँदै आएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ