arrow

एनओसीले गर्‍यो बुडापेस्ट जाने बास्केटबल प्रशिक्षक कार्कीको बिदाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
rina-karki-basketball-82-6-.jpg

काठमाडौँ । बास्केटबल प्रशिक्षक रिना कार्की ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय कोचिङ कोर्समा सहभागी हुने भएकी छन् । सो प्रशिक्षक कोर्स हङगेरीको बुडापेस्टमा अक्टोबर र १ देखि नोभेम्बर २१ तरिखसम्म हुनेछ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)ं ले शुक्रबार सो कोर्समा नेपालाको प्रतिनिधित्व गर्ने बास्केटबल प्रशिक्षक कार्कीलाई शुभकामनासहित बिदाई गरेको हो । 

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाई कार्यक्रममा बास्केटबलको प्रवर्धनमा कार्कीको भूमिकाको प्रशंसा गर्दै कार्कीले कोचिङ कोर्सबाट प्राप्त सीप, ज्ञानले नेपाली खेलकुदको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा एनओसीकी उपाध्यक्षद्वय ज्योति राना तथा गोपालसुन्दर कक्षपति, मानार्थ उपाध्यक्ष तुलसी थापा र एनओसीका सचिव एवम् नेपाल बास्केटबल संघका अध्यक्ष भिम सिंह गुरुङको पनि उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ