arrow

एन‌ओसीले १४ खेलाडीलाई छात्रवृत्ति दिने, भयो सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
noc-82-9-4rr.jpg

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक खेलकुद, एसियाली खेलकुद र युवा ‌‌‌‌ओलम्पिक खेलकुद खेल्ने खेलाडीहरूलाई छात्रवृत्ति दिने भएको छ । एन‌ओसीले  विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै एनओसीले ब्याडमिन्टन, उशु, साइक्लिङ, टेबल टेनिस, टेनिस, जुडो, स्पोर्ट्स क्लाइम्बिङ र पौडीका आठ खेलाडीलाई सन् २०२८ मा अमेरिकामा हुने लस एन्जलस ओलम्पिक, सन् २०२६ मा जापानमा हुने आइची नागोया एसियन गेम्समा आर्चरी, बक्सिङ, कराते र उशुका पाँच खेलाडीलाई तथा युथ गेम्सका लागि एक खेलाडीलाई छात्रवृत्ति दिने खेलाडी तथा परिवार र सम्बन्धित संघसँग सम्झौता गरेको हो ।

लस एन्जलस ओलम्पिकको लागि आठ खेलाडीमा ब्याडिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी सिभाली थापा, स्पोर्ट्स क्लाइम्बिङकी तेन्जिङ राई र पौडीका एर्भिन श्रेष्ठ छन् । उनीहरूले संघमार्फत हरेक चार महिनामा ११ सय २५ अमेरिकी डलर पाउने छन् ।

त्यस्तै आइची नागोया एसियन गेम्सको लागि पाँच खेलाडी आर्चरीका तिलक पुनमगर, बक्सिङका चन्द्रबहादुर थापा, करातेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उशुकी सुस्मिता तामाङ रहेका छन् ।

यस्तै युथ ओलम्पिक गेम्सको लागि उशुकी रश्मी तामाङ छनोट भएकी छिन् ।  एसियन गेम्स र युथ ओलम्पिकका खेलाडीले भने जनही ५० हजार रुपैयाँ पाउने पत्रकार सम्मेलनमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । 

छात्रवृत्ति सम्झौता गरेपछि खेलाडीहरूले खुशी व्यक्त गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ