arrow

मलको व्यवस्था नभएपछि अमरेशकै आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १२ मंगलबार
amreshkumar-singh-83-2-12.jpg

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रोपाईँ शुरु हुने बेला भएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले सरकारले हालसम्म पनि किसानलाई मल उपलब्धता नगराएको उल्लेख गर्दै असन्तुष्टिसमेत व्यक्त गरे ।

सांसद सिंहले उखु किसानको भुक्तानीमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए । उनले भने,‘उखु किसानले अहिलेसम्म चिनी मिलले पैसा दिन सकेको छैन । सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् । यसमा म सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु कि चाँडै उखु किसानको भुक्तानी होस । र, सरकारले दिने अनुदान पनि चाँडै उपलब्ध होस् । दोस्रो कुरा म सरकारसँग आग्रह गर्न चाहन्छु कि अव रोपाईंको सिजन शुरू हुने बेला छ । पर्याप्त मलको व्यवस्था सरकारले गरोस् । किनकि अहिलेसम्म मलको उपलब्धता हुन सकेको छैन । अब १०/१५ दिन पछि रोपाईंको सिजन शुरू हुन्छ । तेस्रो बागमतीको कटानको उचित व्यवस्थापन गरियोस् ।’

सांसद सिंहले बागमती नदीको कटानबाट पीडामा परेका नागरिकलाई राहत दिने काममा पनि सररकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ