arrow

संघीय संसद्का दुई समितिको बैठक आज

राष्ट्र बैंक ऐन संशोधन र बाल सुधार गृहको प्रतिवेदनमाथि छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
samsad-sachibalaya-always-81.jpg

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुई वटा महत्वपूर्ण संसदीय समितिको बैठक बस्दैछ। आज अर्थ समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो।

संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ९:३० बजे सुरु भएको छ। उक्त बैठकमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक' का सम्बन्धमा सरोकारवाला संघसंस्थाहरूसँग विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ।

यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बिहान ९ बजेदेखि सुरु भइसकेको छ। समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको वर्तमान अवस्थाबारे तयार पारिएको प्रतिवेदनमाथि छलफल हुँदैछ।

निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको 'बाल सुधार गृहसम्बन्धी प्रतिवेदन, २०८३' का विषयमा केन्द्रित रहेर आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग गहन छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ