दुई संसदीय समितिको बैठक बस्दै, यी हुन् छलफलका कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
376
Shares
काठमाडौँ ।आज व्यवस्थापिका संसद्अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ। आज कानून, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।
आज दिउँसो १२ः३० बजे बस्ने यस समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा विस्तृत छलफल हुनेछ। यसका साथै, होल्डिङ सेन्टरमा समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनका विषयमा पनि बैठकमा छलफल गरिने कार्यसूची रहेको छ।
आज बस्ने सार्वजनिक लेखा समितिको बैठकमा भने बेरुजुको आयतन उच्च भएका विभिन्न मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग छलफल गरिनेछ। उक्त बैठकमा बेरुजु न्यूनीकरण गर्ने सम्बन्धी विषयमा केन्द्रित रहेर छलफल हुने कार्यसूची तय गरिएको छ।