arrow

प्रधानमन्त्री साह संसद् बैठकमा आउनुहुन्छ, नआउने कुरै छैन: रवि लामिछाने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
ravi-lamichhene-08.jpg

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) संसद् बैठकमा उपस्थित हुने स्पष्ट पारेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन्।

सञ्चारकर्मीहरूले "प्रतिपक्षले बैठक नै अवरुद्ध गर्दा समेत प्रधानमन्त्रीलाई संसद्मा किन ल्याउन सक्नुभएन?" भनी सोधेको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले प्रधानमन्त्री संसद्को सामना गर्न आउने बताए। यद्यपि, उनी कहिले उपस्थित हुने भन्नेबारे भने उनले ठोस समय खुलाएनन्।

सभापति लामिछानेले भने, "उहाँ संसद्मा नआउने भन्ने कुरै छैन, आइहाल्नुहुन्छ। उहाँ आएपछि तपाईंहरूले सबै कुरा थाहा पाइहाल्नुहुन्छ।"

फरक प्रसङ्गमा बोल्दै सभापति लामिछानेले आफ्नो पार्टीको महाधिवेशन गर्न ढिलाइ भइसकेको स्वीकार गरे। सञ्चारकर्मीहरूले "रास्वपाले महाधिवेशन गर्न किन यति धेरै हतार गरेको?" भनी राखेको जिज्ञासाको प्रतिवाद गर्दै उनले यस्तो बताएका हुन्।

"पार्टीको महाधिवेशन गर्न ढिला भइसकेको हो नि," लामिछानेले थपे, "हामीले हतार गरेका होइनौँ, पहिले नै कार्यतालिका र मिति तोकेर विशेष कारणवश सारेका हौँ।" रास्वपाले आन्तरिक तयारीलाई तीव्र बनाउँदै तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्ने दिशामा अघि बढेको उनले स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ