काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र साह बालेनलाई संसदमा अनिवार्य उपस्थित भएर सांसदहरूका जिज्ञासाको जवाफ दिन रुलिङ नगर्दा संसद बैठक अवरुद्ध भएको छ ।
संसद नियमावलीको स्पष्ट व्यवस्थाअनुसार प्रधानमन्त्रीले हरेक महिनाको पहिलो साताको एक दिन प्रधानमन्त्रीले सांसदहरूका जिज्ञासाको जवाफ दिनुपर्छ ।
तर बालेन अहिलेसम्म संसदमा उपस्थित भएर एक पटक पनि सम्बोधन नगरेपछि प्रतिपक्ष दलका सांसदहरूले बालेनलाई संसदमा उपस्थित भएर जवाफ दिन माग गरिरहेका छन् ।
यता सभामुखले पनि यो नियमावलीलाई मिच्दै प्रधानमन्त्री बालेनलाई संसदमा आएर जवाफ दिन रुलिङ गरिरहेका छैनन् ।
सोही कारण संसद बैठक अवरुद्ध हुँदै आएको छ । बिहीबार दिउँसो पनि बालेन नआएसँगै बैठक अगाडि बढ्न सकेन ।
कार्यसूचीमा प्रवेश गर्नासाथ विपक्षी दलका सांसदहरू उभिएर विरोध गरिरहे । उनीहरूले प्रधानमन्त्रीलाई उत्तरदायी बन्न आग्रह गरिरहेका छन् ।
साथै सभामुखलाई निरीहता प्रदर्शन नगर्न पनि आग्रह गरेका छन् ।