arrow

कूटनीतिक राहदानीबारे सभामुखले गरे दलहरूसँग परामर्श

ऐन र सांसदका आवश्यकताबीच समन्वय खोजिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
dp-aryal-01-09.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले कूटनीतिक राहदानीको विषयमा सभामुखले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको जानकारी दिएकी छन्। 

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सहभागी दलका प्रतिनिधिहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद ओलीले सांसदहरूबाट कूटनीतिक राहदानीको माग बढ्दै गएकाले त्यसको व्यवस्थापनबारे परामर्श भएको बताइन्।

छलफलका क्रममा सांसद ओलीले राहदानी ऐन २०७६ र नियमावलीको कानुनी व्यवस्थाबारे स्पष्ट पारिन्। ऐनको दफा ६ अनुसार विशेष सरकारी कार्यक्रम वा तोकिएको विशेष कार्यमा जाने पदाधिकारीहरूले मात्र कूटनीतिक राहदानी पाउने प्रावधान रहेको उनले उल्लेख गरिन्। 

तर हाल धेरै सांसदहरूले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन विदेश भ्रमण गर्नुपर्ने अवस्था रहेकाले विद्यमान कानुनी व्यवस्थाअनुसार राहदानी उपलब्ध गराउन सहज नभएको उनले बताइन्।

विद्यमान ऐन र नियमावलीका कारण उत्पन्न यो व्यवहारिक कठिनाइलाई कसरी सम्बोधन गर्ने र आगामी दिनमा सांसदहरूलाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा सभामुखले राय सल्लाह मागेका छन्। विभिन्न दलका सचेतक र प्रमुख सचेतकहरूबाट प्राप्त सुझावका आधारमा कूटनीतिक राहदानी वितरणको प्रक्रियालाई व्यवस्थित र सहज बनाउने सभामुखको योजना रहेको उनले जानकारी दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ