arrow

प्रमुख सचेतकहरूसँग सभामुख अर्यालको छलफल जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
sabamukh-daal-meet.jpg

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग सिंहदरबारमा छलफल गरिरहेका छन्। कानुन समितिको हलमा जारी उक्त बैठकमा संसद्मा सहभागी सबै दलका सचेतकहरूको उपस्थिति रहेको छ। 

यस छलफलको मुख्य एजेन्डा सांसदहरूका लागि कूटनीतिक राहदानी (डिप्लोम्याटिक पासपोर्ट) सिफारिस गर्ने प्रक्रिया र यससँग सम्बन्धित कानुनी व्यवस्थाका बारेमा केन्द्रित रहेको बताइएको छ। पछिल्लो समय कूटनीतिक राहदानीको प्रयोग र सिफारिसलाई लिएर विभिन्न कोणबाट बहस भइरहेकाले सभामुखले सबै दलको साझा धारणा बुझ्न र आवश्यक समन्वय गर्न यो पहल गरेका हुन्।

कूटनीतिक राहदानीका अतिरिक्त बैठकमा प्रतिनिधिसभाको आगामी कार्यसूची, संसदीय समितिहरूको कार्यसम्पादन र संसद्लाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अन्य समसामयिक विषयमा पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ। 

सभामुख अर्यालले सदनमा रहेका सबै दलहरूबीच समझदारी कायम गर्दै संसदीय प्रक्रियालाई थप पारदर्शी, मर्यादित र जनमुखी बनाउने उद्देश्यले यो परामर्श बैठक बोलाएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ