arrow

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति

पर्यटन ऐनलाई समयसापेक्ष बनाउनुपर्छ: सभापति उदास

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
sumnima-udash-paryatan-samiti.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्नीमा उदासले नेपालको पर्यटन क्षेत्रको विकासका लागि विद्यमान कानुनलाई समयसापेक्ष बनाउनुको विकल्प नभएको बताएकी छन्। 'हेलो सांसद' नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पर्यटन कानुन संशोधन विधेयक २०८१ लाई थप परिष्कृत र प्रभावकारी बनाउन समितिले गहन अध्ययन गरिरहेको जानकारी दिइन्।

सभापति उदासले प्रस्तावित विधेयकमा धेरै महत्वपूर्ण कुराहरू छुट्न गएको उल्लेख गर्दै सरोकारवालाहरूबाट प्राप्त सुझावहरूलाई समेटेर विधेयकलाई अन्तिम रूप दिइने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन्, "राष्ट्रिय सभाबाट पारित भएको यो विधेयक अब छिट्टै हाम्रो समितिमा आउनेछ। हामी यसको प्रत्येक दफामा सूक्ष्म छलफल गर्नेछौँ र यसलाई राष्ट्रिय गौरवको विषय बनाउने गरी नवीन सोचका साथ अघि बढाउनेछौँ।"

उनले नेपालको पर्यटन क्षेत्रलाई विश्वव्यापी स्तरमा प्रतिस्पर्धी बनाउन पुरानो सोचबाट बाहिर निस्कनुपर्ने धारणा राखिन्। विशेषगरी नेपालको पर्यटनलाई विविधीकरण गर्न र नयाँ आयामहरू थप्नका लागि आध्यात्मिक पर्यटन जस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड थियो।

छलफलका क्रममा उदासले पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट नियामक ढाँचा र ठोस दिशानिर्देश गर्ने दस्तावेजको आवश्यकता औँल्याउँदै यस क्षेत्रलाई मापनयोग्य बनाउनुपर्ने बताएकी छन्। उनले पर्यटन क्षेत्रलाई राष्ट्रिय गौरवको विषय बनाउन नवीन सोचका साथ अघि बढ्न आवश्यक रहेको कुरामा जोड दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ