arrow

प्रधानमन्त्री साह आफैँले जवाफ दिनुपर्ने अडान

संसद् बहिस्कार गर्ने हर्कको चेतावनी, भने- आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुन्न [भिडियो]

उत्तर दिन संसदमा आउनुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
harka-.jpg

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री वालेन्द्र साह आफैँले दिनुपर्ने अडान राखेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसदीय मर्यादा र परम्परा विपरीत भएको टिप्पणी गरे।

सांसद राईले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सांसदहरूका धारणा प्रत्यक्ष नसुनेकोमा आपत्ति जनाउँदै जवाफ दिने क्रममा पनि अनुपस्थित भए आफ्नो पार्टीले संसद् बहिस्कार गर्ने चेतावनी दिए। उनले भने, "हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन। उत्तर दिन उहाँ आफैँ आउनुपर्छ। यदि उहाँ आउनुहुन्न भने हाम्रो श्रम संस्कृति पार्टी बैठकबाट बाहिरिनेछ।"

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर व्यङ्ग्य गर्दै राईले सामाजिक परम्पराको उदाहरण दिए। उनले भने, "आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, त्यस्तै यो नीति तथा कार्यक्रम प्रधानमन्त्रीकै भएकाले उहाँ आफैँ उपस्थित हुनुपर्छ। 'काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ' भन्ने शैलीमा संसद् चलाउन सकिँदैन।"

देश विकासका लागि गफले मात्र नहुने र सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिँदै उनले नीति तथा कार्यक्रममा स्पष्टता नदेखिएको आरोप समेत लगाए। सबै सांसदहरूको सुझाव समेट्नुपर्नेमा एकलौटी ढङ्गले कार्यक्रम ल्याइएको र संसद्मा पर्याप्त छलफल हुन नदिइएकोमा उनले असन्तुष्टि व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ