कृषि, सुकुमवासी व्यवस्थापन र जनजाति आयोगका विषयमा छलफल हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
638
Shares
काठमाडौँ । आज सङ्घीय संसद्अन्तर्गतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ। विभिन्न समसामयिक विषय र निकायगत कार्यसम्पादनका बारेमा छलफल गर्न यी बैठकहरू डाकिएका हुन्।
बिहान ९:३० बजे बस्ने यस समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद्का विषयमा केन्द्रित रहेर छलफल हुनेछ। बैठकमा परिषद्द्वारा हाल सञ्चालित अनुसन्धानात्मक कार्यक्रमहरू, त्यस क्षेत्रमा देखिएका समस्या र चुनौतीका साथै आगामी कार्यदिशाबारे प्रस्तुतीकरण दिने कार्यसूची रहेको छ।
बिहान १० बजे बस्ने यस समितिको बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाहीबारे छलफल हुनेछ। बैठकमा आयोगका पदाधिकारीहरूलाई आमन्त्रण गरिएको छ र उनीहरूसँग आयोगको प्रगति तथा समस्याका विषयमा प्रत्यक्ष संवाद गरिनेछ।
राज्य व्यवस्था समितिको बैठकमा विशेष गरी काठमाडौँ उपत्यकाभित्रको सुकुमवासी व्यवस्थापनका विषयमा छलफल हुने कार्यसूची छ। पछिल्लो समय पेचिलो बन्दै गएको सुकुमवासी समस्याको समाधानका उपाय र सरकारी तयारीबारे समितिले चासो देखाएको हो। यसका साथै बैठकमा अन्य विविध समसामयिक विषयहरूमा पनि छलफल हुने जनाइएको छ।