arrow

पूर्वाधार विकास समिति

सडक सचेतनाको प्रभावकारितामा प्रमुख सचेतक थापाको प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
basna-thapa.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ट्राफिक सचेतनाका कार्यक्रमहरूको प्रभावकारितामाथि प्रश्न उठाएकी छन्।

पूर्वाधार विकास समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले सचेतनाका कार्यक्रमहरू थुप्रै भए पनि त्यसको मूल्याङ्कन र फिडब्याक लिने परिपाटीमा कमजोरी रहेको बताएकी हुन्। कर्णाली प्रदेशको सन्दर्भमा कुरा राख्दै उनले रात्रिकालीन यातायात बन्द गर्ने निर्णयले जनजीवनमा पारेको असरबारे ध्यानाकर्षण गराइन्। उनले दुर्घटना न्यूनीकरणका लागि अन्य विकल्पहरू खोजिनुपर्ने र सर्वसाधारणमाथि थपिएको सास्तीलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिइन्।

उनले भनिन्, ‘सचेतनाका कार्यक्रमहरू धेरै गरिन्छन्, तर ती कार्यक्रम सकिएपछि त्यसले कत्तिको फाइदा भयो वा कत्तिको काम गर्यो भन्ने मूल्याङ्कन हामीले गर्यौँ कि गरेनौँ? भन्ने कुरा मुख्य हुन्छ। कार्यक्रमहरूको फिडब्याक लिन हामी कताकता पछि परेको जस्तो देखिन्छ। के रात्रिकालीन यातायात बन्द गर्नु मात्रै दुर्घटना कम गर्ने विकल्प हो? यस निर्णयबाट जनजीवनमा पर्न गएको असजिलो र समस्याका बारेमा हामीले किन कुरा गरेनौँ?’

बैठकमा विभागीय मन्त्रीले राखेका योजना र ऐन कानुनका विषयमा टिप्पणी गर्दै सचेतक थापाले ती योजनाहरू कार्यान्वयनको तहमा आउनुपर्ने माग गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ