arrow

दुई समितिको बैठक बस्दै, सहकारी मन्त्रालयको प्रगति समीक्षा र आन्तरिक छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
samsad-sachibalaya-always-81.jpg

काठमाडौं । आज शुक्रबार संघीय संसदका दुईवटा संसदीय समितिको बैठक बस्दै छ। आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने तय भएको हो।

दिउँसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विशेषगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित भएका कामकारबाहीका विषयमा छलफल हुनेछ। यसका साथै उक्त बैठकमा चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा समेत विस्तृत छलफल गरिने कार्यसूची रहेको छ।

यसैगरी, आजै महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दै छ। बिहान १०:३० बजे सुरु हुने उक्त समितिको बैठकमा समितिको आन्तरिक छलफलका विषयमा कुराकानी हुने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ