arrow

संसदीय मामिला समिति

संसदीय समितिले सुकुमवासी बस्तीको अनुगमन गर्ने [भिडियो]

एक हप्ताभित्र उपत्यकाका बस्ती पुग्ने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
samikshya-banskota-samiti.jpg

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिले काठमाडौँ उपत्यकाभित्रका सुकुमवासी बस्तीको अवलोकन तथा अनुगमन गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारले हालै हटाएको सुकुमवासी बस्तीका नागरिकहरूको पीडा र समस्याबारे बुझ्न एक हप्ताभित्रै अनुगमनमा जाने निर्णय लिएको हो।

समितिका सभापति समीक्षा बास्कोटाले काठमाडौँ उपत्यकाभित्रका सुकुमवासी बस्तीको अवस्थाबारे अध्ययन गर्न यही हप्ताभित्रै अनुगमनमा जाने जानकारी दिइन्। उनले सुकुमवासी बस्तीको वास्तविकता बुझ्न यो कदम चालिएको र उपत्यका बाहिरका बस्तीमा जाने विषय भने बजेट अभावका कारण तत्काल सम्भव नरहेको स्पष्ट पारिन्।

बैठकका क्रममा सभापति बास्कोटाले समितिको कामलाई थप प्रभावकारी बनाउन आवश्यकताअनुसार उपसमितिहरू गठन गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिन्। यद्यपि, हाल समितिको नियमावली पास भइनसकेकाले केही समय पर्खेर व्यवस्थित ढङ्गले अघि बढ्ने उनको योजना छ। उनले संसदको बैठक र समितिका कामहरूलाई परिणाममुखी बनाउनका लागि आपसी सहकार्य र सहयोग गर्न समितिका सदस्यहरूलाई आग्रह समेत गरिन्।

सरकारले सुकुमवासी बस्ती हटाउने प्रक्रिया सुरु गरेपछि उत्पन्न परिस्थितिलाई लिएर संसदीय समितिले स्थलगत अनुगमन गरी नागरिकका पीडा सुन्ने निर्णय गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ