काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको कार्य क्षेत्रका सम्बन्धमा छलफल, समितिले विगतमा सम्पादन गरेका कामकारवाहीको अनुभव आदान–प्रदान हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले सम्पादन गरेको काम कारबाही जानकारी र आगामी कार्यदिशा, समितिको कार्यक्षेत्रबारे प्रारम्भिक छलफल हुनेछ ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल र समितिको आगामी कामकारबाही सम्बन्धी छलफल हुनेछ ।