arrow

मन्त्रिपरिषद् बैठकका निर्णय

नारायणदत्त पौडेल सशस्त्र प्रहरीको महानिरीक्षकमा नियुक्त [भिडियो]

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
sasmit-pokhrel-01-14.jpg

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बढुवा गरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार सशस्त्र प्रहरी बलको नेतृत्व अब नारायणदत्त पौडेलले सम्हाल्नेछन्। अतिरिक्त महानिरीक्षकका रूपमा कार्यरत उनलाई कार्यक्षमताका आधारमा महानिरीक्षक पदमा बढुवा गरिएको हो।

मन्त्रिपरिषद्ले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। यससम्बन्धी सूचना अब नेपाल राजपत्रमा प्रकाशन गरिनेछ। यस निर्णयले केन्द्रलाई थप स्वायत्त र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

बैठकले 'भन्सार नियमावली २०८३' लाई समेत स्वीकृत गरेको छ। यससँगै भन्सार प्रशासन र राजस्व सङ्कलनका प्रक्रियाहरूमा नयाँ कानुनी व्यवस्था लागु हुने बाटो खुलेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ