arrow

जनताको भावना विपरीत एक कदम नचाल्न सरकारलाई दाहालको चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
narayan-pd-dahal-13-01.jpg

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारलाई जनताको भावना विपरीत एक कदम पनि नचाल्न कडा चेतावनी दिएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनताको चाहना अनुसार काम नगरे सरकारको औचित्यमाथि नै प्रश्न उठ्ने संकेत गरे।

दाहालले नेपालमा भएको “२७ घण्टे आन्दोलन” लाई विश्वकै दुर्लभ राजनीतिक घटनाका रूपमा चित्रण गर्दै त्यसले जन्माएको सरकार अझ जिम्मेवार हुनुपर्ने स्पष्ट पारे।

“यस्तो परिवर्तन विश्वमै उदाहरणीय हो, तर त्यसको भार कति बोकिन्छ-त्यो अहिलेको सरकारको परीक्षा हो,” उनले भने।

उनले सरकारलाई जनभावनाको कदर गर्दै अघि बढ्न आग्रह गर्दै बजेटअघि अर्थमन्त्रीसँग प्रत्यक्ष छलफल गर्न चाहेको जानकारी पनि दिए। “जनताको अपेक्षा पूरा गर्न बजेट निर्णायक हुनुपर्छ,” उनको जोड थियो।

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय द्वन्द्वको असर नेपालमा प्रत्यक्ष परेको उल्लेख गर्दै पेट्रोलियम पदार्थको बढ्दो मूल्यप्रति सरकार गम्भीर हुनुपर्ने बताए। “बाह्य संकटको असर भोगिरहेका छौँ, अब कूटनीतिक पहल अझ मजबुत बनाउनुपर्छ,” उनले भने।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ