arrow

सरोकारवालासँग छलफल नगरी कुनै पनि विधेयक अघि बढ्दैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
narayan-dahal.jpg

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि विधेयक सम्बन्धित पक्षसँग पर्याप्त छलफल नगरी अघि नबढ्ने प्रतिबद्धता जनाएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरोकारवालाहरूको भावना र समस्यालाई सम्बोधन गरेर मात्रै कानून निर्माण प्रक्रिया अघि बढाउने नयाँ प्रणालीको सुरुवात गरिएको जानकारी दिए।

अध्यक्ष दाहालले विधेयकहरू संसदमा पेश हुँदा जुन रूपमा आए पनि त्यसमाथि गम्भीरतापूर्वक छलफल गरेर टुङ्गो लगाइने आश्वासन दिए। उनले भने, "हामीले बलजफ्ती यस्तो प्रणालीको सुरुवात गरेका छौँ, जहाँ कुनै पनि विधेयकको छलफलको पहिलो दिन नै सम्बन्धित सरोकारवालालाई ल्याएर उनीहरूका समस्या, भावना र मनोविज्ञानलाई समेट्नुपर्छ। अब सरोकारवालासँग छलफल नगरी विधेयक अगाडि बढ्दैन।" उनले कतिपय अवस्थामा विधेयक कसरी बन्यो भन्ने कुरा मन्त्रीहरूलाई समेत स्पष्ट जानकारी नहुने गरेको भन्दै निर्माण प्रक्रियालाई पारदर्शी र समावेशी बनाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले हालको संसदमा ४० प्रतिशतभन्दा बढी युवाहरूको प्रतिनिधित्व हुनु मुलुकका लागि गर्वको विषय भएको बताए। युवाहरूको यो उल्लेख्य सहभागिताले देशको नीति निर्माण र भविष्यको दिशा तय गर्न सकारात्मक ऊर्जा प्रदान गर्ने उनको विश्वास थियो। साना तथा मझौला व्यवसायीहरूले भोग्दै आएका नीतिगत समस्याहरूलाई संसदले गम्भीरताका साथ लिने र व्यवसायीमैत्री कानुन निर्माणमा आफू सदैव तत्पर रहने उनले स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ