गृहमन्त्रीको राजीनामा माग्दै हर्कराज राईको सुझाव: 'नयाँ–नयाँ लफडा आउनु राम्रो होइन'[भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
828
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्। मंगलबार सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले विवादमा मुछिएका गृहमन्त्रीले पद त्याग गरेर मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुने बताएका हुन्।
गृहमन्त्री गुरुङका बारेमा बारम्बार नयाँ–नयाँ विवाद र प्रश्नहरू उठ्ने गरेको भन्दै अध्यक्ष राईले असन्तुष्टि व्यक्त गरे। उनले गृहमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबारे हप्तामा दुई–तीन पटक नकारात्मक कुरा सुन्नु राम्रो नभएको उल्लेख गरे।
सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, "उहाँको बारेमा जहिले पनि नयाँ–नयाँ लफडा सुनिन्छ। हप्तामा दुई–तीन चोटि घरी के, घरी के सुनिराखिन्छ। यस्तो हुनु राम्रो होइन, त्यसैले उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने मेरो सुझाव छ।"
अध्यक्ष राईले प्रश्नहरूबाट आफू कहिल्यै नभाग्ने स्पष्ट पार्दै सरकारलाई सुशासन कायम गर्नेतर्फ गम्भीर हुन र जनअपेक्षा अनुसार काम गर्न सचेत समेत गराएका छन्।