चार कम्पनीको सेयर मूल्यमा १५ प्रतिशतको 'सकारात्मक सर्किट'
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
673
Shares
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। नेप्से परिसूचक १३.१७ अङ्कले ओरालो लाग्दै २,८२५.२३ बिन्दुमा कायम भएको छ।
नेप्सेका अनुसार आज ३४९ कम्पनीको १ करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर १ लाख १६ हजार ३१० पटक खरिदबिक्री हुँदा कुल ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको छ।
सेयर मूल्यमा १० प्रतिशतको उतारचढाव हुँदा लाग्ने 'सर्किट ब्रेक'को व्यवस्थालाई परिमार्जन गरी १५ प्रतिशत बनाइएको पहिलो दिनमै चार कम्पनीको मूल्यमा उछाल देखिएको छ। नयाँ व्यवस्थाअनुसार सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा १५ प्रतिशतको सकारात्मक सर्किट लागेको हो।
आजको बजारमा होटल तथा पर्यटन समूहको उपसूचक १.०१ प्रतिशतले बढे पनि अन्य सबै समूहका उपसूचकहरू भने घटेका छन्।