arrow

नेप्से परिसूचक झन्डै २८ अङ्कले उकालो लाग्दा छ अर्बको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
Nepse-Up-bull.jpg

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक आज झन्डै २८ अङ्कले उकालो लागेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८५ अङ्कले उकालो लागेर दुई हजार ७८६ दशमलव ३५ मा पुगेको छ । जुन अघिल्लो कारोबारका तुलनामा एक प्रतिशत बराबरको वृद्धि हो। 

यसै गरी ठूला कम्पनीको कारोबारमापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक पनि तीन दशमलव ८५ अङ्कले उकालो लागेर ४७५ दशमलव ७४ मा पुगेको छ।

आज बजारमा कारोबार भएकामध्ये कुल २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। 

बजारमा कुल ३४२ कम्पनीको एक करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर रु पाँच अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० मूल्यमा खरिद बिक्री भएको छ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहन सफल भयो। त्यसै गरी रिडी पावर कम्पनी, अपि पावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी र ङयादी ग्रुप पावर लिमिटेड पनि कारोबारका आधारमा शीर्ष स्थानमा रहे।

आजको कारोबारमा थ्री स्टार हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, अप्पर हेवा खोला हाइड्रोपावर, माया खोला हाइड्रोपावर र रिजलाइन इनर्जीका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन्। 

यता बुङ्गल हाइड्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, एनआइबिएल ग्रोथ फन्ड, नेपाल बैङ्कको डिबेन्चर र सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताहरूले भने आजको बजारबाट गुमाउन पुगेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ