arrow

नेप्से परिसूचक १६ अङ्कले बढ्यो, साढे चार अर्बको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
Nepse-Up-bull.jpg

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सुखद रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ४९ को विन्दुमा बन्द भएको छ।

यस्तै, ठूला र बलिया कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव ४० अङ्कले उकालो लाग्दै चार सय ७१ दशमलव ८९ को विन्दुमा पुगेको छ।

आज बजारमा कूल ३ सय ३६ कम्पनीका १ करोड ८ लाख ८८ हजार ७ सय ३९ कित्ता सेयर खरिदबिक्री भए, जसबाट कुल रु ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ बराबरको कारोबार भएको छ। बजारमा सकारात्मक माहौल देखिँदा आज कारोबार भएकामध्ये २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको सेयर मूल्य घटेको छ। ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहन सफल भयो। यसका साथै रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर, अपि पावर कम्पनी र बुङ्गल हाइड्रोपावर सर्वाधिक कारोबार हुने शीर्ष पाँच कम्पनीभित्र पर्न सफल भए।

कमाउने तथा नाफा आर्जन गर्ने कम्पनीहरूमा क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्स, माबिलुङ हाइड्रोपावर, बुंगल हाइड्रो, आँखुखोला जलविद्युत् कम्पनी र सेपुर खुदी हाइड्रोपावरका लगानीकर्ताहरू अग्रस्थानमा रहे।

यता गुमाउने कम्पनीहरूमा भने सामूहिक लगानी कोष र डिबेन्चरको बाहुल्यता देखियो। एनआइसी एशिया ब्यालेन्स फण्ड, ग्लोबल आईएमई समुन्नत योजना दोस्रो, एबिएल डिबेञ्चर– २०९१, सानिमा बैंक डिबेञ्चर र स्वाभिमान लघुवित्तका लगानीकर्ताहरूले आज गुमाउनुपरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ