शेयर बजारमा सामान्य सुधार: नेप्से परिसूचक २७१८ को बिन्दुमा
झन्डै ३ अर्बको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
311
Shares
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ। नेप्से परिसूचक ६.९४ अङ्कले बढेर २,७१८.१६ को बिन्दुमा पुगेर रोकिएको छ।
नेप्सेका अनुसार आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार ७ कित्ता सेयर ४५ हजार ६५ पटक खरिद-बिक्री हुँदा कुल २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बिमा, लघुवित्त, व्यापार र अन्य समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै व्यापार समूह १.५७ प्रतिशतले बढेको छ। अन्य बढ्ने समूहहरूमा लघुवित्त (०.३५%), बैंकिङ (०.३३%) र जीवन बिमा (०.३०%) रहेका छन्।
यता वित्त, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको उपसूचकमा भने गिरावट आएको छ। निर्जीवन बिमा समूह सबैभन्दा बढी ०.५६ प्रतिशतले घटेको छ।
आजको कारोबारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै १७ करोड ६८ लाख ३३ हजार ३६९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यस्तै, शेयर सङ्ख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै ५ लाख २६ हजार ६८२ कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ।