arrow

सशस्त्र प्रहरीलाई थप सक्षम र अब्बल बनाउन सरकार प्रतिबद्ध: गृहमन्त्री गुरुङ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
sudan-12-30.jpg

काठमाडौँ  । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए। काठमाडौँको मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीले अङ्गीकार गरेको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहयोग र विपद् व्यवस्थापनको अवधारणाले मुलुकको सुरक्षामा प्रभावकारी योगदान पुर्‍याएको भन्दै सङ्गठनको प्रशंसा गरे। तालिम शिक्षालयहरूको स्तरोन्नति र गुणस्तर अभिवृद्धिका लागि गृह मन्त्रालयले निरन्तर सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

दीक्षित भएका नयाँ सशस्त्र प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै मन्त्री गुरुङले साहस, अनुशासन र इमानदारीलाई जीवनको मार्गदर्शक सिद्धान्त बनाउन आग्रह गरे। उनले भने, “सङ्गठनलाई आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, सुरक्षा सामग्री र बन्दोबस्ती व्यवस्थापनमा नीतिगत तथा कार्यान्वयन तहमा सहयोग गर्न मन्त्रालय प्रतिबद्ध छ। लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनलाई आत्मसात् गर्दै राष्ट्र र जनताप्रति इमानदार भएर कार्य गर्नु आजको आवश्यकता हो।”

मन्त्री गुरुङले देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति रहेको चर्चा गर्दै शान्ति सुरक्षा कायम गर्न सङ्गठनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। सोही अवसरमा उनले नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना समेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ