arrow

रास्वपालाई धोकेबाजको आरोप लगाउँदै शाहीले भने - प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज रहेछ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
gyan-bahadur-shahi-12-27.jpg

काठमाडौँ। राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रास्वपाको सभामुख रवि लामिछानेले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आफूहरूले उपसभामुख पदमा उम्मेद्वारी दिएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदको उम्मेद्वारी प्रस्तुत गर्दै उनले उपसभामुख पद आफूहरूको प्राथमिकतामा नरहेको बताए ।

उनले भने,‘उपसभामुखको पद हाम्रा लागि प्राथमिकता थिएन र छैन पनि। तथापि संसदको ठूलो दलबाट नै प्रस्ताव आएपछि अन्य पूराना दल र हामी परिवर्तन खोज्ने राजनीतिक दलबीचको ध्रुवीकरणको संभावनालाई मध्यनजर गर्दै उम्मेद्वारी दिने टुंगोमा पुगेका थियौँ। सभापतिको सहयोगको आश्वासन प्राप्त गरेपछि उपसभामुखमा उम्मेद्वारी दिएका हौँ।’

उनले हिजो पुराना भनिएका दल र आज नयाँ भनिएका दलका साइनबोर्ड फरक भए पनि उनीहरूबीच नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको धाणा राखे ।

उनले भने, ‘आजको हाम्रो उम्मेद्वारीले राजनीतिमा स्पष्ट कित्ता प्रष्ट पारेको छ । हिजो पुराना भनिएका दल र आज नयाँ भनिएका दलका साइन बोर्डहरू फरक भएता पनि उनीहरू बीचको नीतिगत सिद्धान्त र विचारको नाभी एकै ठाउँमा जोडिएको प्रष्ट भएको छ । संसदमा संख्या होइन भूमिका महत्वपूर्णं हुन्छ । संख्या त केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भरिरहन काम लाग्ने हो ।’

यस्तै उनले युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भने राजनीतिमा आश्वासन र धोका पनि जायज हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ