arrow

ओली पक्राउपछि महेश बस्नेतले के भने ? [भिडियो]

सरकारले तत्काल निर्णय फिर्ता नलिए परिस्थिति गम्भीर हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
mahesh-basnet-1-14.jpg

काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकारले राजनीतिक प्रतिशोधका आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको आरोप लगाउँदै तत्काल रिहाइको माग गरेका छन्। शनिबार बिहान अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई उनीहरुकै निवासबाट पक्राउ गरिएपछि एमाले केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव बस्नेतले सरकारको यो कदमको कडा आलोचना गरे।

बस्नेतले देश समृद्धि, विकास र सुशासनको दिशामा अघि बढ्नुपर्ने युवाहरूको चाहनामाथि सरकारले प्रहार गरेको दाबी गरे। "देशमा सुशासन र रोजगारीको आशा पलाउँदै गर्दा बालुवाटारबाट जुन घृणायुक्त र प्रतिशोधपूर्ण निर्णयहरू भए, यसले जागेको आगोमा पानी खन्याउने काम गरेको छ," उनले भने। सरकारले यी निर्णयहरू तत्काल फिर्ता नलिए सडक संघर्ष थप सशक्त हुने उनले चेतावनी दिए।

सचिव बस्नेतले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई 'प्रतिशोधपूर्ण रिपोर्ट' को संज्ञा दिँदै त्यसलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारे। उनले सरकारले राजनीतिक पूर्वाग्रह राखेर प्रतिवेदन तयार पारेको र त्यसकै आधारमा नेताहरूलाई पक्राउ गर्नु लोकतन्त्रको उपहास भएको बताए।

एमालेले आफ्ना अध्यक्षको गिरफ्तारीको विरोधमा देशभर सडक संघर्ष सुरु गरिसकेको छ। सचिव बस्नेतले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकको ससम्मान रिहाइ नभएसम्म आन्दोलन नरोकिने उद्घोष समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ