काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र साह (बालेन) औपचारिक रूपमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गरेका छन्। शुक्रबार साँझ पुजापाठपछि उनी बालुवाटार प्रवेश गरेका हुन्।
हिजो बिहीबार मात्रै प्रतिनिधिसभा सदस्यको शपथ लिएका र आज शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उनी बालुवाटार सरेका हुन्।
ऐतिहासिक जनमतका साथ १८२ सिटसहित एकल बहुमतको सरकारको नेतृत्व सम्हाल्न पुगेका प्रधानमन्त्री साहलाई बालुवाटारमा भव्य स्वागत गरिएको छ। निवर्तमान अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले उनलाई सत्ता हस्तान्तरण गर्दै बालुवाटारबाट बिदा लिएकी छन्।