काठमाडौं । वालेन्द्र साह बालेन देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन प्रधानमन्त्री नियुक्त भएसँगै उनले दिउँसो शपथ ग्रहण गर्दैछन् ।
उनलाई आज बिहानमात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यससँगै उनले दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति पौडेलले शीतलनिवासमा एक समारोहबीच उनलाई शपथ गराउनेछन् । आजै मन्त्रिपरिषद् विस्तारको तयारी छ ।
त्यस्तै सभामुखको पनि टुंगो लगाइएको बताइएको छ । रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई प्रतिनिधि सभाको सभामुख बनाउने टुंगो लगाइएको छ ।
उनी २०७९ साल माघमा २० दिनका लागि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री थिए ।ृ
अर्याल २०७९ माघमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता अवैध घोषित गर्दै उनलाई सबै सार्वजनिक पदबाट हटाएपश्चात् छोटो समयका लागि सो पार्टीको कार्यवाहक सभापति नियुक्त भएका थिए ।ृ नेपाली नागरिकता पुनm प्राप्त गरेपछि दुई दिनपछि लामिछाने पुनः सभापति चुनिएका थिए।ृे
त्यसपछि पुनः लामिछाने सहकारी मुद्दामा कारागारमा रहँदा पनि कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका थिए। अहिले लामिछाने कारागार मुक्त भएपछि पुनः उपसभापति पदमा कायम छन्।
उनी दुई पटक श्रममन्त्री बनेका थिए। जेन–जी आन्दोलनपछि भएको संसद् विघटनपछि घोषित फागुन २१ को निर्वाचनका लागि रास्वपाबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट उनी विजय भएका थिए ।