arrow

ग्यास संकटमा मलम

दश दिनदेखि कुर्नु परेका उपभोक्ताले पाए आधा सिलिन्डर ग्यास [भिडियो]

उपभोक्ताहरु भन्छन्ः आधा सिलिण्डर ग्याँस वितरण गर्दा पनि राहत महशुस गरेका छौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
gas-paiyo.jpg

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको अभाव चुलिएका बेला नेपाल आयल निगमले 'आधा सिलिन्डर' वितरण सुरु गरेपछि उपभोक्ताहरूले केही राहत महसुस गरेका छन्। मंगलबार काठमाडौँको टेकुस्थित निगमको केन्द्रीय कार्यालयमा ग्यास लिन पुगेका सर्वसाधारणले संकटको घडीमा आधा सिलिन्डर भए पनि ग्यास पाउँदा खुसी व्यक्त गरेको नेपाल आयल निगमले बताए।

लामो समयदेखि बजारमा ग्यासको हाहाकार हुँदा भान्सा नै बन्द हुने अवस्था पुगेका उपभोक्ताहरूले निगमको यो कदमलाई स्वागत गरेका छन्। कलंकीबाट ग्यास लिन टेकु पुगेकी एक उपभोक्ताले विगत १० दिनदेखि स्थानीय डिपोमा नाम लेखाउँदा पनि पालो नआएपछि आज बल्ल आधा सिलिन्डर ग्यास पाएको अनुभव सुनाइन्। "भान्सामा खाना नपाक्ने अवस्था आएपछि धेरैतिर फोन गरेर यहाँ वितरण भइरहेको थाहा पाएँ, आधा भए पनि पाइयो, यसका लागि निगमलाई धन्यवाद छ," उनले खुसी हुँदै बताइन्।

त्यस्तै, अर्का एक उपभोक्ताले बजारमा ग्यास कतै नपाइएको अवस्थामा ९५५ रुपैयाँमा आधा सिलिन्डर ग्यास पाउनु नै अहिलेको ठुलो उपलब्धि भएको बताए। कठिन समयमा सबैले मिलेर समस्याको सामना गर्नुपर्ने र आधा सिलिन्डरले पनि केही दिनको काम चल्ने उनको भनाइ थियो।

यता, नेपाल आयल निगमले भने उपभोक्ताको मागलाई ध्यानमा राख्दै अभाव पूर्ति गर्न निरन्तर वितरण कार्य भइरहेको दाबी गरेको छ। निगमका प्रतिनिधि विनोदकुमार वैद्यले कुनै पनि उपभोक्ता रित्तो हात फर्कनु नपर्ने गरी वितरणको उचित व्यवस्था मिलाइएको जानकारी दिएको सञ्चारमाध्यमहरूले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ