arrow

राष्ट्रिय भावनाको विकास हुने गरी चुनावमा जुट्न सिटौलाको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
krishna-pd-situla-09-10.jpg

काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलहरूले मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

आशन्न निर्वाचनमा पनि राजनीतिक दलहरूले राष्ट्रिय एकता कामय हुने गरी आफूलाई प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो । 

शुक्रबार राष्ट्रिय सभाको १९औँ अधिवशनमा नेता सिटौलाले राजनीतिक दलहरू, सांसदहरूबीच एकता कायम नहुने हो भने मुलुक दिनप्रतिदिन कमजोर बन्दै जाने अवस्था आएकोसमेत बताए। 

उनले राष्ट्रिय भावनाको विकास हुने गरी निर्वाचनमा प्रचार जुट्न पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे ।

नेता सिटौलाले भने, ‘फागुन २१ गते आम निर्वाचन हुँदैछ । यो निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न सकोस् । सबै राजनीतिक दलहरू, सबै सांसदहरू मिलेर नीतिगत तहमा एकता नगर्ने हो भने नेपाल दिनप्रतिदिन कमजोर हुँदै जानेछ भन्ने मेरो विचार हो। हरेक राजनीतिक दलहरूभित्र पनि एकता चाहिएको छ । र समग्र राजनीतिक दलहरूका बीचमा पनि एकता चाहिएको छ । जसले मेची महाकाली, तराई, पहाड, हिमाल सबै वर्ग, क्षेत्र, जाति, लिंग पेशा व्यवसायमा रहेका तमाम नेपालीहरूलाई एकतावद्ध गर्न सकोस् । एउटा सामूहिक राष्ट्रिय भावनाको विकास हुन सकोस् । त्यो उद्देश्यअनुसार राजनीतिक दलहरू जनताको बीचमा प्रस्तुत होउन । एकले अर्कालाई धेरै गाली गर्ने भन्दा पनि निर्वाचनमा जाने सबै राजनीतिक दल र तीनका उम्मेद्वारलाई मेरो हार्दिक आग्रह पनि छ-जनतामा व्यग्रता र निराशा दुवै व्यक्त नगर्नुस् । देश बनाउने विचार प्रस्तुत गरेर जनताको मन जित्ने प्रयास गर्नुस् ।’

नेता सिटौलाले सरकार अवैधानिक रहेको उल्लेख गर्दै त्यसलाई वैधानिकता दिन पनि निर्वाचनमा जानुपर्ने अवस्था आएको जिकिर समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ