arrow

पर्यटन विधेयकमाथि दफावार छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज सोमबार सिंहदरबारमा बस्ने तय भएको छ। समितिको १५९ औँ बैठक दिउँसो १२:०५ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा आयोजना हुन लागेको हो। 

यस विशेष बैठकमा 'पर्यटन विधेयक, २०८१' माथि विस्तृत दफावार छलफल गर्ने मुख्य कार्यसूची रहेको छ। पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन र नियमनका लागि ल्याइएको यस विधेयकमाथि हुने छलफलले नयाँ कानुनी व्यवस्थाको खाका तयार पार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ