विशेष महाधिवेशनको हलको निर्णय देउवाले मान्नै पर्छ : देवराज चालिसे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
865
Shares
काठमाडौँ । नेपाली कांग्रेस नेता देवराज चालिसेले विशेष महाधिवेशनको हलले गरेको निर्णय सभापति शेरबहादुर देउवाले मान्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीको विशेष महाधिवेशनको उदघाटन सत्रमा बोल्दै उनले विधान अनुसार आह्वान भएको विशेष महाधिवेशनले गरेको निर्णय मान्दिन भन्ने अधिकार कसैलाई नभएको चेतावनी दिए ।
विशेष महाधिवेशनको बन्द सत्रको हलभित्र जम्मा भइसकेपछि महाधिवेशन प्रतिनिधिले लिने निर्णय सभापति देउवाले मान्नुपर्ने उनले जिकिर गरे ।
नेता चालिसेले विधानअनुसार भएको निर्णय मान्नैपर्छ । विशेष महाधिवेशनले गरेको निर्णय अवैधानिक हुन्छ भन्ने व्यक्ति अवैधानिक हुने स्पष्ट पारे ।
उनले बाहिर कांग्रेसमा झगडा भएको देखिएँ पनि पार्टीभित्र रूपान्तरण गर्न खोजिरहेको बताए ।
कांग्रेसको विशेष अधिवेशन कांग्रेससँग होइन, देशको राजनीतिसँग, जेन-जी आन्दोलनसँग जोडिएको चालिसेले बताए ।