arrow

कांग्रेस विशेष महाधिवेशनमा देउवा आफैँ सहभागी हुनुपर्छः चन्द्र भण्डारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
chandra-bhandari-25-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैँ सहभागी हुनुपर्ने बताएका छन् ।

शुक्रबर विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको काममा पुगेका उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कांग्रेस देउवाको पार्टी भएको भन्दै सो महाधिवेशनमा देउवा सहभागी हुनुपर्ने बताएका हुन् ।

नेता भण्डारीले पुस २७ र २८ गते हुने महाधिवेशनमा सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएकाले सबै नेताहरू त्यसमा सहभागी हुने विश्वाससमेत व्यक्त गरे ।

उनले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माप्रति संकेत गर्दै कांग्रेसको वर्तमान र भविष्य सोही महाधिवेशनले फैसला गर्ने समेत बताए ।

उनले भने, ‘७७ ओटै जिल्लाका साथीहरू हामीसँग छन् । सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू हाम्रा हुन् । नेपाली कांग्रेसका हुन् । जो वर्तमान र भविष्यका पनि हुन् । त्यसो हुनाले नेताहरूलाई पनि हामीले मिलाएर लिएर जान्छौँ । विशेष महाधिवेशनमा सभापति पनि आउनुपर्छ, यो उहाँको पार्टी हो यो ।’

कांग्रेस नेता भण्डारीले महामन्त्रीद्वय थापा र शर्माले पार्टीलाई मिलाएर लैजान बढी जिम्मेवार हुनुपर्नेसमेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ