निर्वाचनपछि संसद र सरकारमा युवाको वर्चश्व हुनेछः सञ्चारमन्त्री खरेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
762
Shares
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरूको वर्चश्व रहने दाबी गरेका छन् ।
शुक्रबार आफ्नो मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित एक कार्यक्रममा उनले सो आकलन गरेका हुन् ।
मन्त्री खरेलले तोकिएको मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद र सरकारमा युवाहरूको वर्चश्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासले त्यसले महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरे ।
उनले संसद र सरकार दुवैमा युवाहरूको वर्चश्व हुनु मुलुकका लागि नै खुशीको कुरा भएको समेत बताए ।
उनले भने, ‘चुनाव हुन्छ फागुन २१ मा । चुनाव भएपछि तपाईँहरूलाई एउटा कुरा भनौँ-मेरो विचारमा जुनसुकै पार्टीले पनि अहिले कोटाहर" तोकेको छ युवाहर"का लागि । यो हामी आशा गर्ने ठाउँ हो । मैले यो फेक धरातलमा भनेको होइन । यस पटक पार्लियामेन्टमा वा गोभरर्मेन्टमा जुनसुकै पार्टीबाट आएपनि युवाहरुको यस्तो वर्चश्व हुनेवाला छ । युवाहरूको वर्चश्व हुन भनेको यो डिपार्टमेन्टको लागि खुशीको कुरा हो । त्यो संसदको समिति हुन्छ । त्यहाँ आवाज उठछ । सरकारमा आवाज उठ्छ कि अब आईसीटीतर्फ नबढी हुँदैन नेपाल बनाउने हो भनेर त्यो युवाहरूको जमात आईराख्दा यसलाई अगाडि बढाउनुपर्छ । अब म आफैँ तपाईसँग मन्त्रीको रुपमा तपाईँहरूसँग रहेर काम गर्ने अवधिसम्म मैले त डीजी सावलाई भनेको छु-हलो अडकाएर जति गोरु चुटे पनि अगाडि बढ्न सक्दैन । मेरै ठाउँबाट ती कुराहरू अडकिराखेको हुनाले तपाईंहरूले जे गर्नुहुन्छ, त्यसमा मेरो सहमति हुन्छ ।’
मन्त्री खरेलले सीमित स्रोत र साधनका कारण सो विभागले चाहेजति काम गर्नसक्ने अवस्था नभएकोतर्फ आफू सचेत रहेको पनि बताए। उनले स्रोत र साधनको अभावमा आफूले पनि मातहतका निकायलाई काम गर्न निर्देशन दिने अवस्था नभएको पनि स्वीकार गरे ।