arrow

विशेष महाधिवेशन हुने पक्का भएसँगै भेलामा उपस्थित नहुन संस्थापनको उर्दी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
np-saud-22-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको पार्टी केन्द्रीय सदस्य नारायणप्रकाश साउदले जानकारी दिए । बैठकपछि सञ्चारकमीसँग कुरा गर्दै उनले पार्टी पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था नभएको भन्दै महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गरिएको बताए ।

उनका अनुसार विशेष महाधिवेशन भनिएको भेला तत्काल रोक्नका लागि सम्बन्धित पक्षलाई अपिल गर्ने निर्णय पनि बैठकले गरेको छ । 

उनले भने, ‘नियमित महाधिवेशनको तिथिमिति तोकिएको अवस्थामा विशेष महाधिवेशन वैधानिक र आवश्यक छैन । पदाधिकारीहरूले समेत विशेष महाधिवेशन बोलाउने अधिकार पनि छैन । त्यसकारण देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको छ । विशेष महाधिवेशन भनिएको भेलालाई तत्काल रोक्नका लागि पनि सम्बन्धित सबैमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अनुरोध गर्ने अपिल गर्ने निर्णय गरेको छ ।’

बैठकमा पार्टी महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेपछि बैठकले यस्तो निर्णय गरेको हो ।

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई नजरअन्दाज गर्न नहुने भन्दै विशेष महाधिवेशन गर्ने बताएका छन् । 

विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ