सबैलाई एकताबद्ध गरेर लैजानेबारे छलफल जारी छः धनराज गुरुङ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
795
Shares
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सबैलाई एकताबद्ध गरेर लैजानेबारे छलफल जारी रहेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको सन्दर्भमा केन्द्रीय कार्यसम्पादन समितिले भने नियमित महाधिवेशनको तालिका सार्वजनिक गरेको छ ।
पुस २६ गतेदेखि महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे सबैलाई मिलाएर लैजानेबारेमा छलफल चलिरहेको उपसभापति गुरुङले बताए । सबैको चाहना पार्टी बलियो होस् भन्ने नै रहेको बताए ।
उपसभापति गुरुङले पार्टीमा गरेको त्याग र बलिदानलाई सम्झिएर एक हुनुपर्ने बताए ।