arrow

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
bidhayan-samiti-chalchitrakarmi.jpg

काठमाडौँ । संघीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बुधबार बस्ने भएको छ। सिंहदरबारस्थित संसद भवनमा बिहान ११:३० बजेका लागि तय गरिएको यस बैठकमा मुख्यगरी 'चलचित्र विधेयक, २०८१' माथि सघन छलफल हुनेछ।

लामो समयदेखि प्रतिक्षा गरिएको यो विधेयकले नेपाली चलचित्र क्षेत्रको नियमन, प्रवर्द्धन र विकासका लागि नयाँ कानुनी ढाँचा तयार गर्ने अपेक्षा गरिएको छ। बैठकमा विधेयकका प्रावधानहरूमाथि दफावार छलफल गरी परिमार्जन र सुधारका लागि आवश्यक राय–सुझाव सङ्कलन गरिने कार्यसूची रहेको छ। 

चलचित्र विधेयकका अतिरिक्त बैठकमा समितिको कार्यक्षेत्रसँग सम्बन्धित अन्य विविध समसामयिक विषयहरूमा पनि छलफल हुने जानकारी सचिवालयले दिएको छ। नेपाली चलचित्र उद्योगलाई आधुनिक र व्यावसायिक बनाउन यो विधेयकलाई महत्वपूर्ण मानिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ