arrow

साताको पहिलो दिन नेप्सेमा १० अङ्कको गिरावट, पाँच अर्ब माथिको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको छ । बजार ओरालो लागे पनि कारोबार रकममा भने उत्साहजनक सुधार देखिएको छ ।

नेप्सेका अनुसार आज ३२३ कम्पनीका एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा कूल ५ अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा मिश्रित प्रभाव देखिएको छ जहाँ १३ उपसमूहमध्ये तीनवटामा सुधार आएको छ भने बाँकी १० वटा समूह घटेका छन् । होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन एक दशमलव ०४ र व्यापार समूह शून्य दशमलव ३४ प्रतिशतले बढेका छन् । अर्कोतर्फ बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट अन्य समूहमा एक दशमलव ६९ प्रतिशतको देखिएको छ ।

आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य सर्वाधिक घट्नेमा भने न्यादी हाइड्रोपावर लिमिटेड अगाडि रहेको छ जसको मूल्य चार दशमलव ३२ प्रतिशतले ओरालो लागेको छ । कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल लिमिटेडले वर्चस्व जमाउँदै ३० करोड ६५ लाख ८५ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । त्यस्तै शेयर किनबेच भएको सङ्ख्याका आधारमा एनआईसी एसिया बैंक लिमिटेड सबैभन्दा अगाडि देखिएको छ जसको छ लाख ३४ हजार ७४९ कित्ता शेयर कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ