arrow

भेनेजुएलामाथि अमेरिकी आक्रमण सार्वभौमिकतामाथिको नाङ्गो नाच: नारायणकाजी श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
Narayankaji-Shrestha-china.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र त्यहाँका राष्ट्रपति निकोलस मादुरो तथा प्रथम महिलालाई नियन्त्रणमा लिएको घटनाको कडा शब्दमा निन्दा गरेका छन्। उनले यस कार्यलाई एउटा स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको 'नाङ्गो आक्रमण' को संज्ञा दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता श्रेष्ठले अमेरिकी कदमले संयुक्त राष्ट्रसङ्घको बडापत्र र स्थापित अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाएको भन्दै तीव्र भत्र्सना गरेका छन्। "संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि गरेको बर्बर आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतीलाई कब्जामा लिएको घटना अन्तर्राष्ट्रिय मर्यादा र विश्व शान्तिमाथिको गम्भीर चुनौती हो," उनले उल्लेख गरेका छन्।

नेता श्रेष्ठले यस्ता हस्तक्षेपकारी घटनाले विश्वमा अस्थिरता निम्त्याउने चेतावनी दिँदै संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरू र विश्व समुदायलाई मूकदर्शक नबन्न आग्रह गरेका छन्। उनले राष्ट्रहरूको सार्वभौमिकताको रक्षा र विश्व शान्तिका लागि अविलम्ब प्रभावकारी कदम चाल्न विश्व समुदायलाई आह्वान समेत गरेका छन्। अन्तर्राष्ट्रिय कानुन र बहुपक्षीय व्यवस्थाको सम्मान बिना विश्वमा स्थायी शान्ति सम्भव नहुने उनको दृढ धारणा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ