arrow

सिंहदरबार जलाउनेलाई छुट दिन सकिँदैन: नारायणकाजी श्रेष्ठ

जेन-जीको मुद्दामा माओवादी अगाडि बढ्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
Narayankaji-Shrestha-china.jpg

काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन-जी आन्दोलनका क्रममा सिंहदरबार जस्ता राष्ट्रिय संस्थामा आगजनी गर्नेलाई कुनै पनि हालतमा छुट दिन नसकिने बताएका छन्।

पार्टी कार्यालय सरसफाइ गर्ने क्रममा उनले भने, “सबै ध्वस्त हुनेगरी जलाइएको छ, कतिपय सामान लुटिएको छ। सामानहरू सबै तोडफोड गरिएको छ। पार्टी कार्यालयको मात्र कुरा होइन, राष्ट्रको प्रतीक बनेको सिंहदरबार जस्तो संस्था जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौं।”

श्रेष्ठले माओवादी पार्टी अब जेन-जीको मुद्दामा मिलेर अगाडि बढ्ने पनि बताएका छन्। “अब हामीले जे संकल्प गरेका थियौं कि हाम्रो पार्टीलाई रूपान्तरण र पुनर्गठन गरेर हामी त्यो लक्ष्यमा जान्छौं। जेन-जीको मुद्दामा मिलेर, त्यो आन्दोलनको उपलब्धिहरूलाई सफल पार्न हामी अगाडि बढ्छौं।” उनले माओवादी जसरी उठ्नुपर्ने हो त्यसैगरी उठ्ने सम्भावना रहेको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ