arrow

न्यायपालिका अहिले गम्भीर सङ्कटमा : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ७ शनिबार
narayankaji-02.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालमा विकास र समृद्धि प्रक्रिया तीव्रगतिमा अघि बढ्न नसक्नुका कारण केवल राजनीतिक अस्थिरता मात्र नभई राज्यका अन्य अङ्गहरूको पुनःसंरचना र रूपान्तरण नहुनु पनि भएको बताएका छन् । उनका अनुसार विशेषगरी न्यायपालिका अहिले गम्भीर सङ्कटमा फसेको छ । 

“न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुसविना न्याय पाउने अवस्था छैन”, श्रेष्ठले शुक्रबार सामाजिक सञ्जालमार्फत बताए । उनले अझ गम्भीर रूपमा अदालतलाई राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग भइरहेको टिप्पणी गरे । 

श्रेष्ठका अनुसार निर्दोषहरू जेलमा कोचिनुपर्ने, सम्पत्ति गुमाउनुपर्ने र न्याय वञ्चित हुने अवस्था सिर्जना भएको छ । उनले न्यायपालिकामा बसेका जिम्मेवार पदाधिकारीहरूले यसबारे गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औँल्याए । 

“राज्यका अङ्गहरूको पुनःसंरचना र रूपान्तरण अनिवार्य छ । तर त्यसका लागि त्यस अनुरूपको राजनीतिक नेतृत्व आवश्यक छ, र त्यसको आधार ‘सफा राजनीति’ हुनुपर्छ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ